डनको समूहले लग्यो सडक कामदारको ७ लाख

५ माघ, खोटाङ । स्थानीय डन समूहले खोटाङको महुरे-फोक्सिङटार सडक निर्माणमा संलग्न कामदारबाट रकम उठाएर लगेका छन् ।
डन समूहले सो सडकखण्ड अन्तर्गत बतासे गाविसको भँडारेघाटमा काम गरिरहेका १ सय २० जना कामदारको सात लाख १५ हजार रुपैयाँ रकम आफ्नै हातबाट उठाएर लगेको निर्माण उपभोक्ता समितिले जानकारी
दिएको छ ।
दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंकबाट रकम निकासा गरेलगत्तै भँडारेघाटसम्म पछ्याएको डन समूहले घेराबन्दीमा पारेर कामदारको रकम लिएको उपभोक्ता समितिका एक सदस्यले बताए । उनका अनुसार डनले उपभोक्ता समितिलाई मङ्गलबारदेखि बिहीबार बिहानसम्म घेराबन्दीमा पारेर रकम लिएका हुन् ।
उपभोक्ता समितिका अध्यक्ष लालबहादुर राई सम्पर्कबाहिर छन् । स्वीस सरकार र नेपाल सरकारको लगानीमा निर्माणाधीन सडकमा काम गर्ने एक हजार ४० जना कामदारमध्ये १ सय २० जनाले ज्याला नपाएको जानकारी आएपछि बिहीबार जिल्ला विकास समितिले उपभोक्ता समितिलाई कारण देखाऊ पत्र पठाएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......