माघ १ पछि सरकार विरुद्ध आन्दोलनमा जाने १२ दलको निर्णय

Photo: माघ १ पछि सरकार विरुद्ध आन्दोलनमा जाने १२ दलको निर्णय

काठमाडौं, पौष २८ । विपक्षी दलहरुले राजनीतिक गतिरोध कायम राख्ने षड्यन्त्रमा  एकीकृत माओवादी लागेको भन्दै आन्दोलनका लागि एकसाथ अघि बढ्न सहमत भएका छन् । एकीकृत माओवादी छलछामको राजनीति गरी सत्ताकब्जाको प्रयासमा लागेको आरोप लगाउँदै विघटित संविधानसभामा रहेका १२ वटा विपक्षी दलहरुले सरकार विरुद्ध आन्दोलनमा जाने रणनीति बनाएका हुन् ।

आज साँझ बानेश्वरमा बसेको बैठकमा सहमतिको सरकार गठन प्रयास र नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने रणनीतिबारे पनि छलफल भएको थियो । माघ १ गतेसम्ममा एकीकृत माओवादी सहमतिमा नआए सरकार विरुद्ध आन्दोलनमा जानेबारेमा विपक्षी दलहरुले तयारी शुरु गर्ने भएका छन् ।

बैठकमा कांग्रेस, एमाले, उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमसहितका दलहरु सहभागी थिए ।

आजै विहान कांग्रेस सभापति सुशील कोइरालाको निवासमा भएको कांग्रेस र एमालेका शीर्ष नेताको बैठकमा दुबै दलका प्रधानमन्त्रीको उम्मेदवार कांग्रेस सभापति सुशील कोइराला नै भएकोमा एकमत जाहेर गरिएको थियो ।
 
एकीकृत माओवादीले कोइरालाको नेतृत्व नस्वीकार्ने बताएपछि एमालेमा तेस्रो विकल्पको खोजी शुरु गरेको खबर सार्वजनिक भइरहेको बेला दुबै दलले आफूहरुको उम्मेद्वार कोइराला नै भएको दोहो¥याएका छन् । काठमाडौं, पौष २८ । विपक्षी दलहरुले राजनीतिक गतिरोध कायम राख्ने षड्यन्त्रमा एकीकृत माओवादी लागेको भन्दै आन्दोलनका लागि एकसाथ अघि बढ्न सहमत भएका छन् । एकीकृत माओवादी छलछामको राजनीति गरी सत्ताकब्जाको प्रयासमा लागेको आरोप लगाउँदै विघटित संविधानसभामा रहेका १२ वटा विपक्षी दलहरुले सरकार विरुद्ध आन्दोलनमा जाने रणनीति बनाएका हुन् ।

आज साँझ बानेश्वरमा बसेको बैठकमा सहमतिको सरकार गठन प्रयास र नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने रणनीतिबारे पनि छलफल भएको थियो । माघ १ गतेसम्ममा एकीकृत माओवादी सहमतिमा नआए सरकार विरुद्ध आन्दोलनमा जानेबारेमा विपक्षी दलहरुले तयारी शुरु गर्ने भएका छन् ।

बैठकमा कांग्रेस, एमाले, उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमसहितका दलहरु सहभागी थिए ।

आजै विहान कांग्रेस सभापति सुशील कोइरालाको निवासमा भएको कांग्रेस र एमालेका शीर्ष नेताको बैठकमा दुबै दलका प्रधानमन्त्रीको उम्मेदवार कांग्रेस सभापति सुशील कोइराला नै भएकोमा एकमत जाहेर गरिएको थियो ।

एकीकृत माओवादीले कोइरालाको नेतृत्व नस्वीकार्ने बताएपछि एमालेमा तेस्रो विकल्पको खोजी शुरु गरेको खबर सार्वजनिक भइरहेको बेला दुबै दलले आफूहरुको उम्मेद्वार कोइराला नै भएको दोहो¥याएका छन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......