२४ पुस,
काठमाण्डौं । सरकारले काठमाण्डौं उपत्यका विकास प्राधिकरणका आयुक्त केशव
स्थापितलाई हटाउने भएको छ । स्थापितको कामको मूल्यांकन गरी प्रतिवेदन पेश
गर्न सरकारले एक साताअघि गठन गरेको न्यायिक छानविन समितिको सिफारिसमा उनलाई हटाउन लागिएको हो ।
स्थापितले अनियमितता गरेको आशंका गर्दै सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बास्कोटाको संयोजकत्वमा
छानविन समिति गठन गरेको थियो । प्रतिवेदन बुझाउनुअघि सोमबार छानविन समितिको सोमबार साँझ अन्तिम बैठक बसेको खबर नागरिक दैनिकले छापेको छ ।
कार्यदलका संयोजक बाँस्कोटाले समितिको काम अन्तिममा पुगे पनि प्रतिवेदन बुझाइनसकेको बताए ।
‘अन्तिम टुंगोमा पुगिनसकेकाले मंगलबार पन बैठक बस्ने छ,’ उनले भने ‘जतिसक्दो चाँडो निर्णयमा पुगेर प्रतिवेदन बुझाउनेछौं । समितिका एक सदस्यले भने छानविनका क्रममा कुनै अनियमितता नदेखिएको बताएका छन् ।