काठमाडौं, पुस २७ (नागरिक)- समूहगत छलफल नसकिएको भन्दै नेकपा-माओवादीको
बन्द सत्र शुक्रबारका लागि स्थगित गरिएको छ। आजै समूहगत छलफल सकेर धारणा
रख्ने कार्यक्रम गर्ने भनिए पनि छलफल नसकिएपछि भोलि बिहानसम्मका लागि
बन्दसत्र स्थगित गरिएको केन्द्रीय सदस्य महेश्वर दाहालले बताए।
'२१ वटा समूहमा विभाजित गरेर छलफल सुरु गरिएको छ। समय अभावले जारी छलफल
सम्पन्न हुन
सकेन,' केन्द्रीय सदस्य दाहालले भने, 'आज दिनभरि छलफल सकेर भोलि बिहान (शनिबार)बाट समूह नेताले आ-आफ्ना धारणा रख्नेछन्।'
अध्यक्ष मोहन वैद्य र सचिव देव गुरुङले बिहीबार पेस गरेको तीनवटा मस्यौदा प्रतिवेदनमा महाधिवेशन प्रतिनिधिले छलफल गरेका हुन्। भोलि बिहान ८ बजेदखि पुनः बन्द सत्र सुरु हुनेछ।