वेपत्ता चिकित्सक भेटिए


तीन दिनदेखि हराइरहेका नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सक डा विवेक रौनियार आज झापाको काँकडभिट्टामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
गत आइतबारदेखि को १ च ५९६१ नम्बरको मारुती गाडीसहित बेपत्ता भएका र घरपरिवारबाट सम्पर्कविहीन भएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो।
डा रौनियारको अपहरण भएको आशङ्कामा प्रहरीमा निजका परिवारले लिखितरुपमा खोजी गर्न माग गरेको थियो।

विराटनगर ।
विराटनगरस्थित नोवेल अस्पतालमा कार्यरत एक चिकित्सक तीन दिन अघिदेखि वेपत्ता भएका छन् । आइतबार साँझ ८ वजे विराटनगर ६ स्थित महाऋषि फार्मेसीमा विरामी जाँच गरेर सप्तरीको फत्तेपुर ३ स्थित आफ्नो घर फर्कंदै गरेका ३२ वर्षीय डा. विवेककुमार रौनियार घर नपुगी बीच बाटोबाटै वेपत्ता भएका हुन् ।
विरामी जाँच गरेर आइतबार राति को१च ५९६१ नम्बरको कारमा घर फर्किंदै गर्दा अचानक परिवारसँग डा. रौनियारको सम्पर्क विच्छेद भएको भन्दै डा. रौनियारका दाजु हेम गुप्ता रौनियारले खोजीका लागि आज जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।
वेपत्ता डा. रौनियारका दाजुले खोजतलासको लागि निवेदन दिएपछि प्रहरीले उनको खोजी कार्य सुरु गरेको जनाएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......