३ माघ, काठमाण्डौं । नेपाल र भारतबीचको सीमा सुरक्षा सम्बन्धी बैठक आजबाट नयाँ दिल्लीमा सुरु हुँदैछ ।
२ सम्म चल्ने बैठकमा दुवै पक्षबीच सीमा
सुरक्षा र व्यवस्थापनको सबलीकरणका बारेमा छलफल हुनेछ । सीमापार आतंकवाद,
मानव बेचबिखन तथा प्रतिबन्धित जैविक पदार्थ ओसारपसार नियन्त्रण, नक्कली
नोटको कारोबार सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।
बैठकमा सहभागी हुन गृहमन्त्रालयका सहसचिव
शंकर कोइरालाको नेतृत्वमा १० सदस्यीय टोली दिल्ली पुगिसकेको छ भने भारतीय
टोलीको नेतृत्व भने भारतीय गृहमन्त्रालयमा सीमा व्यवस्थापन हेर्ने सहसचिव
राकेश केसीले गर्दैछन् ।
