१ माघ, काठमाण्डौं । नेपालका ४५ हजार
बेरोजगार युवालाई व्यावसायिक तालिम र रोजगारी उपलब्ध गराइने भएको छ ।
शिक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि
(इभेन्ट) परियोजनाले एसएलसी भन्दा कम योग्यता भएका र साक्षर युवालाई लक्षित
गरी रोजगारी सुनिश्चितता भएको तालिनम दिन लागेको हो ।
यस आर्थिक बर्ष मात्र साढे सात हजार
युवालाई तालिम र रोजगारी दिन लागिएको छ । परियोजना निर्देशक सहसचिव
लक्ष्मीराम पौडेलका अनुसार परियोजनाको अवधि सन २०१५ सम्म ४५ हजार युवालाई
रोजगारमूलक तालिम दिइनेछ । माघको पहिलो साताबाट देशका १८ जिल्लामा निःशुल्क
रोजगारमूलक तालिम सञ्चालन गरिने जनाइएको छ ।
ती जिल्लामा ६९ तालिम दिने संस्थाले
अनुमति पाइसकेका छन् । पहिलो चरणमा १८ जिल्लाका सात हजार पाँच सय युवालाई
छोटो अवधिको रोजगारमूलक तालिम दिइनेछ । परियोजना निर्देशक पौडेलले तालिम
दिने संस्थाले नै कम्तीमा ६ महिना रोजगारीको सुनिश्चितता गर्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रो आशय रोजगारीलाई निरन्तरता दिउन भन्ने हो ।’
झापा, मोरङ, सुनसरी, सिराहा, धुनषा,
सर्लाही, पर्सा, मकवानपुर, चितवन, बाग्लुङ, कास्की, पाल्पा, रुपन्देही, दाङ
सुर्खेत, बाँके, कैलाली र कञ्चनपुरमा तालिम सञ्चालन गरिने इभेन्टका
निर्देशक पौडेलले बताएको खबर नयाँ पत्रिकाले छापेको छ ।
