बलिउड अभिनेत्री तथा पोर्नस्टार सन्नी लियोनले आफ्ना केही एडल्ट
तस्वीर तथा भिडियो लगायतका सामाग्री बेचेकी छिन् । भारतीय म्युजिक कम्पनी
सारेगामाले सन्नीका तस्वीर लगायतको अधिकार खरीद गरेको हो ।
सन्नीका तस्वीर, भिडियो तथा उनीसँग सम्बन्धित विभिन्न रोचक जानकारीको
अधिकार खरिद गरेको सारेगामाको भनाइ छ । अब उक्त कम्पनीले आफुले खरीद गरेका
ती सामाग्रीहरु इन्टरनेट तथा मोबाइल एप्लिकेसनको माध्यमबाट मानिसहरुलाई
उपलब्ध गराउनेछ।पूजा भट्टको फिल्म जिस्म टू बाट बलिउडमा समेत स्थान बनाएकी सन्नीले अहिले
आएर आफ्ना पोर्न सामाग्री बेच्न राजी भइन् । तर यसअघि पूजाले उनका भित्री
वस्त्र बिक्रि गर्न गरेको घोषणाप्रति भने असन्तुष्टि जनाएकी थिइन् ।
पूजाले जिस्म टू मा सन्नीले लगायतका ब्रा पेन्टी लगायतका भित्री कपडा
लिलामीमा बेचेर त्यसबाट उठेको रकम सामाजिक काममा लगाउने बताएकी थिइन् तर
सन्नीले त्यसमा चित्त बुझाइनन् । स्मरण रहोस् सन्नीले अगाडि देखिनै भारतमा
एक एडल्ट वेब स्टोर खोलेर यौन सँग सम्बद्ध विभिन्न सामाग्रीहरु बेच्ने
तयारी गरिरहेकी थिइन् ।
वास्तवमा सन्नीका तस्वीरहरु निकै हट मानिन्छन् । जिस्म टू का पोष्टरमा पनि
सन्नीलाई निकै नै कामुक देखाइएको थियो र प्रशासनले अश्लील भएको भन्दै ती
पोष्टर हटाउन आदेश दिएको थियो ।
सन्नीले भने भारतीय समाजमा आफ्नो स्विकार्यता बढ्दै गएको दाबी गरेकी छिन् ।
तरपनि जिस्म टू प्रदर्शन भैरहेका बेला फिल्म हेर्न हलभित्र पसेकाहरुलाई
बाहिर निकालेर पिटिएको थियो भने उनी विरुद्ध जयपुर तथा इलाहाबाद अदालतमा
मुद्दा परेको छ । उनीमाथि भारतमा पोनोग्राफीलाई बढावा दिएको आरोप लाग्दै
आएको छ ।
तर अब भारतमा सन्नी लियोनका सामाग्रीहरुको खुलमखुल्ला व्यापार हुने भएको छ
सारेगामा कम्पनी मार्फत ।

