प्रधानमन्त्रीको ट्वीटर प्रोफाइलमा अंग्रेजीमा लेखिएको छ- ‘मेरा
देशवासीहरु, विशेषरुपले युवा साथीहरु, हाम्रो महान देशका बारेमा
आशावादी
रहौं । हामीले चुनौतीहरुलाई अवरसरमा बदल्नुपर्छ ।’प्रत्येक महिनाको अन्तिम
शुक्रबार जनताको घरमा एक रात बिताउने घोषणा गर्नुभएका प्रधानमन्त्री डा.
बाबुराम भट्टराईले आइतबारदेखि ट्वीटर चलाउन थाल्नुभएको हो । विशेषगरी
युवापुस्तासंग प्रत्यक्ष अन्तक्रिर्या गर्नका लागि प्रधानमन्त्री भट्टराईले
ट्वीटर चलाउन थाल्नु भएको प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले
जानकारी दिनुभयो ।
त्यसो त प्रधानमन्त्री भट्टराईका नाममा
खोलिएको यो ट्वीटर पहिलो होइन । यसअघि पनि प्रधानमन्त्री बाबुारम भट्टराईका
नाममा ट्वीटर अकाउन्ट खोलिएको र त्यसमा पोष्ट भएका भनाइहरु विवादमा आएका
थिए । तर, ती अकाउन्ट नक्कली भएको प्रतिक्रिया प्रधानमनत्रीको स्वकीय
सचिवालयले दिएको थियो ।

