७ माघ, काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चिरप्रतिद्वन्द्वी पुलिस र मनाङ मस्र्याङ्दी क्लब भिड्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २
बजेपछि हुने खेलमा मनाङ आज जित निकाल्दै दोस्रो स्थानमा उक्लने योजनामा
हुनेछ ।डिफेण्डिङ च्याम्पियन पुलिसलाई भने सुपर लिगमा प्रवेश गर्न आज
जित्नै पर्ने दबाव छ ।
मनाङले आज जित निकालेमा २६ अंकसहित दोस्रो
र तेस्रो स्थानमा रहेको आरसिटी र मछिन्द्रसँग २ अंकको अग्रता लिनेछ भने ३२
अंक जोडेको लिग लिडर थ्रीस्टारसँगको अंक दुरी ४ मा झार्नेछ । मनाङ २५
अंकसहित चौथो स्थानमा छ भने १९ अंक जोडेको पुलिस १० औं स्थानमा छ ।
