२२ पुस, काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज लिग लिडर थ्री स्टार र रानीपोखरी कर्नर टिम आरसीटी भिड्दै छन् ।
दशरथ रंगशालामा मध्यान्ह साढे १२ बजे सुरु हुने खेलमा थ्रीस्टार जित हात पार्दै शीर्षता कार्यमै राख्ने दाउमा छ भने आरसीटी भने उसलाई रोक्ने प्रयासमा हुनेछ । ११ चरणको खेल सकिदाँसम्म थ्रीस्टार २६ अंकका साथ शीर्ष स्थानमा छ भने आरसीटी २० अंकका साथ चौथो स्थानमा छ । आज जित हात पारे थ्रीस्टारले दोस्रो स्थानमा रहेको मच्छिन्द्रसँग ६ अंकको अग्रता कायम गर्नेछ ।
यस्तै दिउँसो साढे २ बजे हुने खेलमा पुलिस र हिमालयन शेर्पा प्रतिस्पर्धा गर्नेछन् । सुपर एटमा समावेश हुन संघर्षरत हिमालयन शेर्पाले पुलिसलाई कडा चुनौती दिने अनुमान गरिएको छ । जारी प्रतियोगितामा पुलिस १६ अंकसहित सातौं स्थानमा छ भने १३ अंक जोडको हिमालयन ११ औं स्थानमा छ ।
यसअघि हिजो भएको खेलमा सरस्वतीले मछिन्द्रलाई स्तब्ध पार्दा संकटाले भने एपीएफसँग हार व्यहोरेको छ ।
