अस्पतालको फोहोर पनि राजमार्गमा


६ माघ, मोरङ । मोरङको पथरी बजारबाट निस्कने फोहोर पूर्वपश्चिम राजमार्गको सडक किनारमा थुपि्रनेक्रम तीब्र रुपमा बढेको छ । खासगरी अस्पतालबाट निस्कने फोहोर डम्पिङ साइडसम्म नपुर्‍याई रातारात सडक किनारमा थुपारिने गरेको हो । पथरी बजारमा साना ठूला गरी सातवटा अस्पताल छन् ।


नेपाल वातावरण संरक्षण तथा फोहोर मैला व्यवस्थापन संस्थाले पथरीमा फोहोर मैला व्यवस्थापन गर्दै आएको छ । तर सीमित स्रोत र जनशक्ति परिचालनबाट बजारको सबै फोहोर संकलन गर्न असम्भव भएको संस्थाका अध्यक्ष किशोर राईले जानकारी दिएको खबर गोरखापत्रले छापेको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......