२८ पुस,
काठमाडौं । संविधानसभा चुनावमा एमालेका चर्चित नेता नेता केपी ओलीलाई
झापामा पराजित गर्ने माओवादी पूर्वसभासद् विश्वदीप लिङ्देनलाई नेकपा
माओवादीले पार्टी र सबै जनबर्गीय संगठनबाट हटाएको छ । लिङ्देन वैद्य
पक्षयीय लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष एवं
कोचिला राज्य सचिवालयमा कार्यरत् थिए ।
लिम्बुवान
मोर्चाका अध्यक्ष धु्रब आङ्देम्बे र महासचिव कमल चोङबाङद्वारा शनिबार जारी
विद्दप्तिमा लिङदेनले संगठनको पदीय मर्यादा भन्दा बाहिर गएर
आर्थिक
अनियमितता गरेको र उनी बस्दै आएको दमक बजारस्थित विवादित निजी
निवाससम्बन्धी सत्यतथ्य र यथार्थ कुरा संगठनलाई स्पष्ट पार्न आग्रह
गर्दासमेत चित्त बुझ्दो स्पष्टीकरण दिन नसकेको हुनाले साधारराण् सदस्य समेत
नरहने गरी हटाइएको उल्लेख छ ।विज्ञप्तिमा भनिएको छ- ‘सांगठनिक मूल्य
मान्यता र आचरण विपरीत कार्य गरेको देखिएको हुँदा मोर्चाको केन्द्रय
पदाधिकारीको निर्णयानुसार साधारण सदस्य समेत नरहने गरी आजैको मितिबाट
निष्काशन गरिएको जानकारी गराइन्छ ।’
साथै उपाध्यक्ष लिङदेनको गलत गतिविधिलाई
सहयोग गरी संगठनको हित विपरीत कार्यमा संलग्न भई पदीय मर्यादा, सांगठनिक
मूल्य मान्यता र आचारण विपरीत कार्य गरेको भन्दै लिम्बुवान मोर्चाले
केन्द्रीय सदस्य पदमकुमारी लिम्बूलाई समेत कारवाही गरेको छ । पटक-पटक
सुध्रन चेतावनी दिइएकोमा आफ्नो गलत आचरण र गतिविधिमा सुधार नल्याएकाले
लिम्बूलाईसमेत साधारण सदस्य समेत नरहने गरी मोर्चाबाट निष्काशन गरिएको
विज्ञप्तिमा उल्लेख छ ।
मोर्चाले जस्तो नेकपा-माओवादीको कोचिला
राज्य समितिलेसमेत वक्तव्य प्रकाशित गरी लिङ्देन र लिम्बुलाई पार्टीको कुनै
तहमा नरहने गरी हटाएको स्रोतले जनाएको छ । वैद्यपक्षीय माओवादीको
महाधिवेशनका लागि लिङदेन प्रतिनिधि समेत छानिएका थिए ।
अब अशोक राईको पार्टीमा
पूर्वसभासद् लिङ्देनले झापा क्षेत्र नं ७
मा एमाले नेता केपी ओलीलाई झिनो मतले हराएका थिए । संविधानसमा कार्यरत्
रहेकै बेला गैरकानूनी तरिकाले दमकका घर खरिद गरेको आरोप लाग्दै आएका
लिङ्देनले यसअघि छोरीलाई हतियार बोकाएर एयरपोर्टमा पठाएकोमा पनि विवादमा
तानिएका थिए ।
दमकमा गरिएको घर खरिदबारे लिङ्देनमाथि
एमाओवादीले छानविन गरी कारवाही गरेपछि उनी वैद्य पक्षमा लागेका थिए । वैद्य
पक्षले कारवाही गरेपछि अब उनी अशोकराईको संघीय समाजवादी पार्टीमा प्रवेश
गर्ने तयारीमा रहेको स्रोतले अनलाइनखबरलाई बताएको छ ।
