२५
पुस, काठमाण्डौ । नेपालको लगानीमा हातेमालो गर्दै आएका एनआरएनका दुई हस्ती
उपेन्द्र महतो र जीवा लामिछाने अब आ-आफ्नो बाटो लागेका छन् ।
नेपालका केही ब्यबसायमा उनीहरुको संयुक्त लगानी छ । तर पछिल्लो समय यी दुई हस्ती दुईवटा फरक
बैंकलाई प्रर्बद्धन गर्न लागि परेका छन् । उनीहरुवीच कसले बैंकलाई राम्रो बनाउने भन्ने प्रतिस्पर्धा नै सुरु भएको छ ।
बिकाश वैंक हुँदै बाणिज्यमा स्तरोन्नती भएको सानिमा बिकाश वैंकको अध्यक्ष छन जीवा लामिछाने । एनआरएनका संस्थापक उपेन्द्र भने आफ्नो लगानीमा रहेको स्टेण्डर्ड फाइनान्सलाई माछापुच्छ्रे बैंकसँग मर्ज गराएर त्यसको बहुमत सेयर लिने धाउन्नमा छन् । अहिले माछापुच्छ्रे बैंक उपेन्द्रका भाई बीरेन्द्रले हेरिरहेका छन् ।
दुई हस्ती दुई किनारा लागेपछि सानिमामा रहेका उपेन्द्र निकटका संचाकहरु अलग भएको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ । उपेन्द्र निकट रहेर काम गरिरहेका अरुणकुमार ओझा, निरजगोविन्द श्रेष्ठ र गजुल भुर्तेल बैंकको संचालकबाट राजीनामा दिएका छन् । उनीहरुको स्थानमा बिनयकुमार श्रेष्ठ, डा. बिश्वनाथ पौडेल र रामकृष्ण साह बाँकी अबधिका लागि संचालक पदमा नियुक्त भएका छन् । अहिले पनि सानिमामा ओझाको १४ प्रतिशत, निरजगोविन्दको ६.२५ प्रतिशत र बीरेन्द्रको ४.६९ प्रतिशत सेयर हिस्सा छ ।
उता, माछापुच्छ्रेसँग मर्ज भएपछि दोस्रो ठूलो लगानीकर्ताका रुपमा रहेका उपेन्द्र महतोले त्यहाँ थप सेयर खरिद गरेर आफुलाई शक्तिशाली बनाएका छन् । उनले नेपाल सेयर मार्केटका संचालक रहेका योगेन्द्रमान श्रेष्ठको झण्डै ५ प्रतिशत सेयर किनेका छन् । पोखराका उद्यमी सूर्यबहादुर केसीको संस्थापक सेयर रहेको वैंकमा उपेन्द्रले उनीहरुबाट थप सेयर किन्ने तयारी गरेका छन् ।