मान्छेका शौख पनि अचम्मकै
हुन्छन् । आफुलाई प्रकृतिवादी भन्ने न्युजिल्याण्डको एक जोडीले निर्वस्त्र
विवाह गरेको छ । बेहुला बेहुलीले सरीरमा कुनैपनि कपडा नलगाएको उक्त बिहे
समारोहमा केही जन्ती र पाहुना समेत नांगै थिए ।
गएको जनवरी ५ का दिन विलिंगटन स्थित
प्रकृतिवादी क्लबमा सम्पन्न भएको उक्त विवाह समारोहमा यसरी नांगै बिहे
गर्ने जोडी हुन् निक र विन्डी लोवे । समाचार अनुसार त्यस ठाउँमा भएको यो
पहिलो निर्वस्त्र विवाह हो ।
विवाह समारोहमा झण्डै १२० जना पाहुना समेत
सहभागी थिए । त्यसमध्ये आधाजसो नांगै थिए । नांगा जन्ती र पाहुनाले कपडाको
नाममा घामबाट बच्न केवल टोपी मात्र लगाएका थिए ।
प्रकृतिवादीता आफ्नो जिवनको सबैभन्दा
महत्वपूर्ण भाग रहेकाले प्राकृतिक तरिकाले बिहे बन्धनमा बाँधिनु आफ्नो लागि
सहज रहेको निकको भनाइ छ । आफ्नो निर्वस्त्र बिहे समारोहमा निम्तो दिएका
केही पाहुनाहरु आउन हिच्किचाएको र निम्तो अस्विकार गरेको खुलासा गर्दै आएका
जतिले भने कुनै अप्ठेरो महसुस नगरेका दाबी गर्छन् ।
बेहुली विन्डीलाई पनि नांगिनु कुनै नौलो
विषय लाग्दैन रहेछ । उनी भन्छिन् मानिस नांगिनु भनेको पोखरीमा हाँस
पौडिएजस्तै हो । उनी ६ वर्षदेखि प्रकृतिमा रमाउन थालेको बताउँछिन् ।

