काठमाडौं, माघ १२- नेकपा एमालेको बिहीबार बसेको स्थायी कमिटीको बैठकले दैलेखमा विपक्षी दल र स्थानीयवासीद्वारा हिजो भएको आन्दोलनमा गरिएको सरकारी दमनविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन कार्यकर्ताहरूलाई निर्देशन दिएको छ।
बैठकले प्रधानमन्त्री डा बाबुराम भट्टराईकै निर्देशनमा दैलेखी जनताको आन्दोलनको विरोधमा प्रतिकार भएको ठहर गर्दै सर्वसत्तावाद र न्यायको निम्ति सञ्चालित सङ्घर्षप्रति उच्च सम्मान पनि प्रकट गरेको छ।
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याकाण्डका अभियुक्तहरूलाई जोगाउने सरकारी प्रयासको विरोधमा उत्रेका आन्दोलनकारीमाथि सुर्खेतदेखि सयौं सङ्ख्यामा ल्याइएका वाइसिएल कार्यकर्ता र प्रहरी उपरीक्षक मोहनराज जोशीको नेतृत्वमा आक्रमण भएको दाबी बैठकपछि जारी विज्ञप्तिमा उल्लिखित छ।
एमालेका सचिव विष्णुप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा आन्दोलनमा घाइते पार्टीका जिल्ला अध्यक्ष अमरबहादुर थापालगायतको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ। रासस