काठमाडौं, पुस २९ (नागरिक)- पहिलोपटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा
उत्रिएको नेपाली महिला फुटबल टोलीका लागि शनिबारको दिन उत्साहजनक रह्यो।कुवेत
सिटीको हवाली कादसीय रंगशालामा नेपालले कुवेती राष्ट्रिय महिला टोलीलाई
८-० ले पराजित गर्दै मैत्री यात्राको सुखद सुरुआत गरेको छ।
नेपालको शानदार जितमा अनु लामाले ह्याट्रिक गरिन्। शनिबार ४ गोल गरेपछि अनुको अन्तर्राष्ट्रिय फुटबलमा गोलसंख्या २५ पुगेको छ। राष्ट्रिय महिला टोलीकी कप्तान जमुना गुरुङले पनि अन्तर्राष्ट्रिय फुटबलमा २५ गोल गरेकी छन्। जमुना टोलीसँग कुवेत गए पनि चोटका कारण शनिबार मैदान उत्रिनन्। उनको स्थानमा चन्द्रा भण्डारीले नेपाली टोलीको नेतृत्व गरिन्।
सजना रानाले पहिलो मिनेटमै गोल गरेपछि सुरु भएको नेपालको गोल गर्ने व्रmम अन्तिम समयसम्म जारी रह्यो। अनुले ८, १५, ६३ र ६६औं मिनेटमा गरी चार गोल गरिन्। लक्ष्मी पौडेलले ४१औं, दीपा अधिकारीले ४४औं र चन्द्राले ६९औं मिनेटमा १-१ गोल थपेका थिए। नेपाली महिला टोलीले अर्को खेल माघ १ मा खेल्दैछ।