
नेपालमा विगत केही हप्ता यता बढेको
महिला हिंसा बिरुद्धको आन्दोलनमा कलाकर्मीहरु समेत उत्रिएका छन् । शुक्रबार
बिहान प्रधानमन्त्री निवास वालुवाटार अगाडी कलाकारहरु पुगेका थिए । महिला
हिंसाबिरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउन र सरकारको
ध्यानाकर्षण गराउन
कलाकार संघले यो कार्यक्रमको आयोजना गरेको हो ।ऐक्यबद्धता
जनाउन नायिका नन्दिता केसी, ऋचा सिं ठकुरी, रुपा राना लगायतका कलाकारहरु
बालुवाटार अघि पुगेका थिए । यस्तै सरकारलाई झकझकाउन कलाकारहरु बसुन्धरा
भुषाल, लक्ष्मी गिरी, दिपाश्री निरौला, मौसमी मल्ल, मिथिला शर्मा, कविता
शर्माको समेत उपस्थिती थियो । यस्तै चलचित्र कलाकार संघका अध्यक्ष नबल
खड्का, नायक रमेश उप्रेती, कलाकार आकाश अधिकारी, घनश्याम खतिवडा लगायतका
चलचित्रकर्मीहरु आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका थिए । आन्दोलनमा पुर्व
मिस नेपाल माल्भिका सुब्बा पनि पुगेकी थिइन् ।





उनीहरुले
‘दोषीलाई कारबाही गर’, ‘नारीलाई हिंसा होइन सम्मान गरौ’, ‘नारीको अपमान
सहदैनौ’, ‘राजनैतीक संरक्षण बन्द गर’ जस्ता नाराहरु लेखिएका प्लेकार्ड
बोकेका थिए ।