२१ पुस, काठमाण्डौं । दरबार हत्याकाण्डका
बेला राप्रपाका नेता पशुपतिशमशेरकी छोरी देवयानीको निकै चर्चा भयो । उनलाई
स्व. युवराज दीपेन्द्र शाहसँग जोडेर चर्चा गरिएको थियो । वंश नै नाश
हुनेगरी भएको दरबार हत्याबारे भने देवयानी केही बोल्न चाहन्न् ।
देवयानी यतिबेला काठमाण्डौंमा छिन् । जाडो
छल्न भनी केही समयअघि भारतको नयाँदिल्लीबाट उनी काठमाण्डौं आएकी हुन् ।
पुसभर काठमाण्डौं बस्ने योजना बनाएकी उनी महाराजगञ्जस्थित बाबु
पशुपतिशमशेरको
निवास विजयवासमा बस्नेछिन् ।
तत्कालीन युवराज दीपेन्द्रकी प्रेमिका
भनेर चिनिएकी देवयानी काठमाण्डौं बसाइका क्रममा दरबार हत्याकाण्डका बेला
भएका थरीथरीका चर्चाको जिज्ञासामा सकभर टाढा हुने गरेको नयाँ पत्रिकामा खबर
छ । देवयानीसँग बिहे गर्न नपाएर दीपेन्द्रले दरबार हत्याकाण्ड मच्चाएको
भन्ने पनि आरोप लागेको छ । दरबार हत्याकाण्डबाट पछि हट्न उनी सार्वजनिक
कार्यक्रममा सहभागी हुन्न् भने, सामूहीक तस्वीर खिचाउन पनि नमान्ने गरेकी
छन् ।
