भेडेटार तताए धिरजले

गोपाल दाहाल
 सधै चिसो हुने भेडेटार सोमबार साँझ भने गज्जवले तात्यो । रात छिप्पिदै जाँदा मञ्चमा उक्लिएका गायक धिरज राईले भेडेटारमा सुरु भएको फुड फेष्टिवलमा उपस्थित दर्शकलाई असिन पसिन हुनेगरी नचाँए ।भर्खरै मात्र युरोप यात्राबाट फर्किएका धिरजले आफ्नो चर्चित गीत
लुकीलुकी गाउन सुरु गर्दा भेडेटारवासी मस्तसँग नाचेका थिए । सोमबार रात आधा दर्जन गीत गाएर वान्समोर पाएका धिरजलाई दर्शकले मञ्चबाट ओर्लिन नदिएपछि आयोजकले मंगलबार पनि उनलाई फेस्टिवलमा प्रस्तुत गरेको छ । मंगलबार दिउसै मञ्चमा उक्लिएका उनले एक दर्जन चर्चित गीतहरु गाए । फेस्टिवलमा महेश बुढाथोकी, तुलसी पराजुली लगायतका कलाकारले समेत गीत गाएर मनोरञ्जन प्रदान गरेका छन् ।‘प्राकृतिक गहना पर्यटक भित्राउने चाहना’ भन्ने मूल नाराका साथ सञ्चालन भएको फेस्टिवलमा दर्शकहरुको भिड लागेको थियो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......