अमेरिकाद्वारा रक्त सञ्चार केन्द्र निर्माणका लागि ५ करोड सहयोग

Photo: अमेरिकाद्वारा रक्त सञ्चार केन्द्र निर्माणका लागि ५ करोड सहयोग

३ माघ, काठमाण्डौ । अमेरिकी सरकारको सहयोगमा महाराजगञ्जस्थित शिक्षण अस्पतालको हाताभित्र भूकम्प प्रतिरोधी प्रविधियुक्त सुविधा सम्पन्न रक्त सञ्चार केन्द्र निर्माण हुने भएको छ । केन्द्र निर्माणका लागि अमेरिकाले करिव ५ करोड रुपैयाँ सहयोग गर्ने अमेरिकी दूतावासले जनाएको छ ।

रक्त रञ्चार केन्द्र भवनको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री राजेन्द्र महतो र नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडीले बुधवार संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । नौ रेक्टर स्केलसम्मको भूकम्प थेग्ने दाबी गरिएको उक्त अत्याधुनिक भवन अमेरिकी सरकारले शिक्षण अस्पतालको साझेदारीमा एक वर्ष भित्रमा निर्माण पूरा गर्ने छ । अमेरिकी दूतावासका अनुसार स्थानीय ठेकेदारसँग सहकार्य गर्दै अमेरिकी सेनाको कोर अफ इन्जिनियर्सले उक्त भवनको डिजाइन, निर्माण व्यवस्थापन र गुणस्तरीय सेवा प्रदान गर्ने छ ।

केन्द्रबाट राजधानीका ७५ प्रतिशत स्वास्थ्य संस्था तथा अस्पतालमा केन्द्रीय रक्त सञ्चार सेवा उपलव्ध गराउन सक्षम हुने विश्वास गरिएको छ । कार्यक्रममा स्वास्थमन्त्री महतोले केन्द्र निर्माणका लागि अमेरिकी सरकारले सहयोग उपलब्ध गराएकोमा अमेरिकी सरकारलाई धन्यवाद दिनुभयो । यस्तै अमेरिकी राजदूत बोडीले रक्त सञ्चारलगायत विपद् जोखिम न्यूनीकरणका प्रभावकारी प्रयासहरुमार्फत विनाशकारी प्राकृतिक प्रकोपको असरलाई न्यूनीकरण गर्ने र पुन लाभ अवधिलाई कम गर्ने अमेरिकी सरकारको उद्देश्यअनुसार भवन निर्माण हुन लागेको बताउनुभयो ।

शिक्षण अस्पतालका निर्देशक डा भगवान कोइरालाले अमेरिकी सरकारको सहयोगमा निर्माण हुन लागेको परियोजना नेपालको स्वास्थ्य क्षेत्रको विकासमा कोशेढुङगा सावित हुने बताउनुभयो ।३ माघ, काठमाण्डौ । अमेरिकी सरकारको सहयोगमा महाराजगञ्जस्थित शिक्षण अस्पतालको हाताभित्र भूकम्प प्रतिरोधी प्रविधियुक्त सुविधा सम्पन्न रक्त सञ्चार केन्द्र निर्माण हुने भएको छ । केन्द्र निर्माणका लागि अमेरिकाले करिव ५ करोड रुपैयाँ सहयोग गर्ने अमेरिकी दूतावासले जनाएको छ ।

रक्त रञ्चार केन्द्र भवनको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री राजेन्द्र महतो र नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडीले बुधवार संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । नौ रेक्टर स्केलसम्मको भूकम्प थेग्ने दाबी गरिएको उक्त अत्याधुनिक भवन अमेरिकी सरकारले शिक्षण अस्पतालको साझेदारीमा एक वर्ष भित्रमा निर्माण पूरा गर्ने छ । अमेरिकी दूतावासका अनुसार स्थानीय ठेकेदारसँग सहकार्य गर्दै अमेरिकी सेनाको कोर अफ इन्जिनियर्सले उक्त भवनको डिजाइन, निर्माण व्यवस्थापन र गुणस्तरीय सेवा प्रदान गर्ने छ ।

केन्द्रबाट राजधानीका ७५ प्रतिशत स्वास्थ्य संस्था तथा अस्पतालमा केन्द्रीय रक्त सञ्चार सेवा उपलव्ध गराउन सक्षम हुने विश्वास गरिएको छ । कार्यक्रममा स्वास्थमन्त्री महतोले केन्द्र निर्माणका लागि अमेरिकी सरकारले सहयोग उपलब्ध गराएकोमा अमेरिकी सरकारलाई धन्यवाद दिनुभयो । यस्तै अमेरिकी राजदूत बोडीले रक्त सञ्चारलगायत विपद् जोखिम न्यूनीकरणका प्रभावकारी प्रयासहरुमार्फत विनाशकारी प्राकृतिक प्रकोपको असरलाई न्यूनीकरण गर्ने र पुन लाभ अवधिलाई कम गर्ने अमेरिकी सरकारको उद्देश्यअनुसार भवन निर्माण हुन लागेको बताउनुभयो ।

शिक्षण अस्पतालका निर्देशक डा भगवान कोइरालाले अमेरिकी सरकारको सहयोगमा निर्माण हुन लागेको परियोजना नेपालको स्वास्थ्य क्षेत्रको विकासमा कोशेढुङगा सावित हुने बताउनुभयो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......