मेरो आग्रह औपचारिकतामात्रै होइन : राष्ट्रपति


काठमाडौं, पुस २७ - राष्ट्रपति रामवरण यादवले राजनीतिक निकास पहिल्याउन राजनीतिक दललाई आफूले पटकपटक घचघच्याउने काम गरेको बताएका छन्। शुक्रबार बिहान विघटित संविधान सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँगको छलफलमा राष्ट्रपतिले सहमतिमा पुग्न दलहरुलाई गरेको आग्रह औपचारिकतामात्र नभएको स्पष्ट गरेका छन्।
'औपचारिकता निर्वाह गर्न नभई निकास पहिल्याउनकै निम्ति मैले बारम्बार तपाईँहरुलाई घचघचाउने र आमन्त्रण गरिरहेको छु,' राष्ट्रपति यादवले दलका नेताहरुलाई भने, 'तपाईँहरुको सहमतिले सुझाउनुभएको निकासका उपायमा मेरो समर्थन रहनेछ।'
राष्ट्रपति यादवले आफू लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध रहेको सुनाउँदै भने, 'देश र जनताले छिटो निकास चाहेको र त्यो निकास दिने दायित्व दलहरुको काँधमा रहेको आफ्नो बुझाई छ।'
जारी विज्ञप्तीको पूर्ण पाठ पढ्नुस्
सम्माननीय राष्ट्रपति रामवरण यादवले आज विहान विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरुलाई शीतलनिवासमा आमन्त्रण गरी मुलुकको राजनीतिक गतिरोध अन्त्यका लागि सहमति गर्न पुनः अनुरोध गर्नु भयो ।
१९ दलका प्रमुख एवं शीर्ष नेताहरुलाई सम्बोधन गर्दै सम्माननीय राष्ट्रपतिले त्यस अवसरमा "मुलुकले आज सामना गर्नु परेका राजनीतिक अन्यौल र संवैधानिक गतिरोध लगायतका समस्याहरु थप जटील बन्न नपाउन्" भनी आग्रह गर्नु भयो । वहाँले न्यूनतम सहमतिको बाटो र यथाशीघ्र नयाँ संविधान निर्माणको लागि संविधान सभाको निर्वाचनको प्रत्याभूति गर्न अपनाउनु पर्ने निर्णय प्रक्रिया र नेपालको अन्तरिम संविधानको धारा ३८ को उपधारा ९१० अनुसार प्रधानमन्त्रीको नियुक्ति र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्न छिट्टै सहमतिमा पुग्न विशेष जोड दिनु भयो ।
त्यस्तै संवैधानिक निकायहरु तथा सर्वोच्च अदालतमा पदाधिकारीहरुरन्यायाधीशहरु नियुक्त गर्न अपनाउनु पर्ने उपाय र विधि तथा संवैधानिक/राजनैतिक गतिरोधको अन्त्यका निम्ति राष्ट्रपतिले अवलम्बन गर्नु पर्ने वा गर्न सक्ने अन्य कुनै लोकतान्त्रिक सिद्धान्त, प्रचलन वा उपायहरु बारे गम्भीरता पूर्वक विचार गरी सुझाव दिन र राजनीतिक निकासका लागि सबै नेताहरुको ध्यानाकर्षण गराउनु भयो ।
सो अवसरमा विभिन्न दलका नेताहरुले आ-आफ्नो धारणा राख्दै छिट्टै सहमतिमा पुगी राजनीतिक अन्यौल र संवैधानिक गतिरोध हटाउने प्रतिवध्दता जनाउनु भयो ।
सो अवसरमा सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, एनेकपा ९माओवादी० का अध्यक्ष श्री पुष्पकमल दाहाल "प्रचण्ड", नेपाली कांग्रेसका वरिष्ठ नेता श्री शेरबहादुर देउवा र उप सभापति श्री रामचन्द्र पौडेल, नेकपा ९एमाले०का अध्यक्ष श्री झलनाथ खनाल र वरिष्ठ नेता श्री माधवकुमार नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष श्री महन्थ ठाकुर, एनेकपा ९माओवादी० का नेता श्री अमिक शेरचन, मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष श्री उपेन्द्र यादवको उपस्थिति थियो ।
यसै गरी नेकपा ९माले०का महासचिव श्री चन्द्रप्रकाश मैनाली, नेपाल मजदूर किसान पार्टीका अध्यक्ष श्री नारायणमान विजुक्छे "रोहित", राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष श्री पशुपति शमशेर राणा, राष्ट्रिय जनशक्ति पार्टीका सह अध्यक्ष डा। प्रकाशचन्द्र लोहनी, मधेशी जन अधिकार फोरम ९लोकतान्त्रिक०का नेता श्री रामेश्वरराय यादव, नेकपा-माओवादीका नेताद्वय श्री देव गुरुङ्ग र श्री पम्फा भुसाल, सद्भावना पार्टीका अध्यक्ष श्री राजेन्द्रप्रसाद महतो, तराई मधेश लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष श्री महेन्द्रप्रसाद यादव, मधेशी जनअधिकार फोरम ९गणतान्त्रिक० का अध्यक्ष श्री राजकिशोर यादव, नेकपा ९संयुक्त०का अध्यक्ष श्री चन्द्रदेव जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष श्री कमल थापा, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष श्री शरतसिंह भण्डारी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष श्री चित्र बहादुर के।सी। र संघीय सदभावना पार्टीका नेता श्री शिवप्रसाद पटेल समेतको उपस्थिति रहेको थियो ।


आज्ञाले,
९हरिकुमार श्रेष्ठ०
प्रवक्ता

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......