केपी ढुंगाना, काठमाडौँ, माघ १ - तीन अर्ब रुपैयाँबराबरको चिरुको भुत्ला
तस्करीमा प्रहरीकै संलग्नता देखिएको छ। तस्करसँग मिलेको आरोपमा दुईजना
प्रहरी जिल्ला प्रहरी कार्यालय गोरखाको नियन्त्रणमा छन्।
स्रोतका अनुसार इलाका प्रहरी कार्यालय आरुघाटका घुमुवा प्रहरी जवान र अर्का हवल्दार एक सातादेखि गोरखा प्रहरीको नियन्त्रणमा छन्।
गोरखाका प्रहरी प्रमुख वशन्त कुँवरले प्रहरीको संलग्नताबारे अनुसन्धानका लागी दुई जना प्रहरी हिरासतमा रहेको पुष्टि गरे पनि अनुसन्धान जारी रहेको भन्दै उनीहरुको नाम भन्न चाहेनन्। आरुघाटका प्रहरीको मिलेमतो भएको सूचना आएकाले अनुसन्धान शुरु गरिएको डिएसपी कुँवरलेे बताए।
स्रोतका अनुसार प्रहरीले एक स्थानीय पत्रकारलाई समेत अनुसन्धानको घेरामा राखेको छ। 'स्थानीय पत्रकार र प्रहरी मिलेर तस्करसँग रकम लेनदेन गरेको सूचना आएको हो,' स्रोतले भन्यो, 'प्रहरी नियन्त्रणमा छन्, स्थानीय पत्रकारको खोजी गरे पनि उनी फेला परेका छैनन्।'
नेपाललाई ट्रान्जिट बनाएर भारत लैजान गोरखाको एक घरमा तीब्बतको चीरुको भुत्ला राखेको सूचनाको आधारमा काठमाडौंवाट गएको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले पुस २२ गते छापा मार्दा एक हजार एक सय ५० किलो भुत्ला फेला परेको थियो। प्रहरीले तस्कर समूहमा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ समेत गरेको थियो।
स्रोतका अनुसार पक्राउ परेका पूर्णबहादुर गुरुङ र शर्मिला बरामले तस्करीमा संलग्न व्यक्तिबारे प्रहरीलाई जानकारी दिए पनि उनीहरु पक्राउ परेका छैनन्। उनीहरुकै जानकारीका आधारमा गोरखा प्रहरीले दुई प्रहरीलाई नियन्त्रणमा लिएर अर्का एक व्यक्तिको खोजी गरेको हो।
साइटिस महासन्धि १९७५ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरÔण ऐन २०२९ को अनुसूुची १ मा चिरु दुर्लभ वन्यजन्तु सूचीकृत छ। बरामद परिमाणका आधारमा मृग प्रजातिमा पर्ने चिरुको भुत्ला तिब्बतबाट नेपाल भिœयाएर भारत लैजान संगठित तस्कर समूह नेपालमा सक्रिय रहेको अनुसन्धानमा संलग्न वन मन्त्रालय, ब्युरो र राष्ट्रिय निकुञ्जका अधिकारीको निष्कर्ष थियो।
नेपाल ट्रान्जिट
अवैध भए पनि बहुमूल्य र बढी माग हुने भएकाले चिरुको भुत्लाको कारोवार रोकिएको छैन। तस्करहरुले नेपाललाई ट्रान्जिट बनाएर स्थलमार्गवाट भुत्ला भारत पुर्याउने गरेको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ।
गोरखामा बरामद भएको चिरुको भुत्ला भारत पुर्याउन तिब्बतबाट भित्रिएको अनुसन्धान अधिकारीको निष्कर्ष छ। वन मन्त्रालयका अधिकारीका अनुसार साइटिस अनुसूची १ मा परेको अति दुर्लभ चिरु नेपालवाट लोप भइसकेको छ। ४ हजारमाथिको हिमाली भेगमा मात्रै पाइने सो सुन्दर जनावर अहिले तिब्बती र भारतको कास्मिरी क्षेत्रमा मात्रै भएकाले बरामद भुत्ला तिब्बतबाट नेपाल भित्रिएको उनीहरुको निष्कर्ष छ।
जानकारका अनुसार एउटा चिरुबाट करिब डेढ सय ग्रामसम्म रौं संकलन हुनसक्छ। एउटा सल बनाउन न्यूनतम पनि चारवटा चिरुको रौं आवश्यक पर्छ। सोही तथ्यलाई आधार बनाउँदै गत सोमबार बरामद भएको रौं करिब ७ हजार चिरु मारेर संकलन गरिएको अनुसन्धान अधिकारी बताउँछन्।
भारतमा चिरुको रौंबाट बनेको सलको अन्तर्राष्ट्रिय मूल्य २० हजार डलरसम्म पर्छ। भारतमै एउटा सलको मूल्य ५ हजार अमेरिकी डलरसम्म पर्ने अनुसन्धानसम्बद्ध प्रहरी अधिकारी बताउँछन्। यही आधारमा पनि बरामद भएको सामाग्रीको अन्तर्राष्ट्रिय बजार मूल्य ४ करोड अमेरिकी डलरभन्दा बढी रहेको ब्युरोका अधिकारीले बताएका थिए।
यसअगाडि ठूलो परिमाणमा चिरुको भुत्ला फेला नपरे पनि यसबाट बनेको सल ठमेलमा फेला परेको थियो। २०६४ जेठ २३ गते महानगरीय प्रहरी अपराध महाशाखाले चिरुको भुत्लाबाट बनेको १९ वटा सलसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको थियो। भारतको श्रीनगरका निवासी महमद याकु कन्ना, मुदासिन अहमद र सौकात अहमद ठमेलमै सल पसल खोलेर चिरुको सल तेस्रो देश पठाउन सक्रिय रहेको खुलेको थियो।
मनास्लु वन्यजन्तुको ट्रान्जिट
तिब्बतसँग सीमा जोडिएको मनास्लु क्षेत्रको नाका पछिल्लो समय वन्यजन्तु तस्करीको मुख्य केन्द्र बनेको देखिएको छ। तिब्बतबाट जडिबुटी र वन्यजन्तुको अङग तीब्बत पुर्याउन र तिब्बतवाट नेपाल भित्र्याउन तस्करहरुले पछिल्लो समय मनास्लु नाकाको प्रयोग गर्न थालेको अनुसन्धानमा खुलेको छ।
शनिवारमात्रै गोरखा प्रहरीले मनास्लु क्षेत्रको सिर्तिवासवाट दुई वटा पाटे बाघको छाला र ५३ किलो बाघको हड्डी सहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई जना भरिया र दुई जना कारोवारी हुन्। डिएसपी कुँवरका अनुसार बरामद बाघको छाला र हड्डी काठमाडौंको स्वयम्भुवाट गोरखा पुगेको हो।
शनिवार बेलुका साँढे एक वजे प्रहरी चौकी सिर्दिवासवाट प्रहरी गएको प्रहरीले लामोचौतारामा मिङयुर दोर्जे लामा, पेम्बा छेवाङ लामा, मिरबहादुर बराम र शेरबहादुर बरामलाई पक्राउ गरेको थियो। पेम्बा र मिङयुर कारोवारी हुन भने अन्य भरिया। भरियाले बोकेको झोलामा शंका लागी जाँच गर्दा बाघको छाला र हड्डी फेला परेको गोरखा प्रहरीले बतायो।
पक्राउ परेका मिङयुरले प्रारम्भिक बयानमा स्वयम्भुमा एक चीनिया नागरिकले मनास्लुको छेकम्पारसम्म पुर्याइदेउ भन्दै बाघको छाला र हड्डी दिएका थिए। सो वापत आफुहरुले ५० हजार पाएको उनले स्विकार गरेपनी चीनिया नागरिकको पहिचान भने हुन सकेको छैन।
बरामद चीरुको भुत्ला समेत गोरखाको उत्तरी हिमाली भेग मनास्लुको साम्दो गाउँ र तिब्बतको सिमावाट स्थलमार्गहुँदै नेपाल आएको खुलेको थियो।
तीब्बती तस्करहरुले चीरु मारेर संकलन गरेको भुत्ला गोरखाको मनास्लुको माथिल्लो भेगमा रहेको नेपाल-तीब्बत सिमावाट नेपाल भित्र्याएर स्थलमार्गवाट भारतको कास्मिर लैजाने तयारीकैक्रममा फेला परेको प्रहरी अनुसन्धानको निष्कर्ष छ।