फोन गर्न कि रुखमा, कि त डाँडामा

८ माघ, उदयपुर । नगरपालिकाको आधारभूत मान्यता हो, प्रत्येक वडामा खानेपानी, सञ्चार, बाटो, बिजुली पुगेकेा हुनुपर्छ । तर, नगर क्षेत्रमै रहेर पनि टेलिफोन गर्न कि त अग्लो रुखमा चढ्नुपर्छ यात, एकघण्टाको बाटो हिँडेर चुरेडाँमा पुग्नुपर्छ भन्ने सुन्दा त्यति सहज लाग्दैन

त्रियुगा नगरपालिका ९ दमौती गाउँमा बस्ने १८ बसय स्थानीयबासीले बर्षौदेखि यही नियति भोगिरहेका छन् ।
नगरपालिकाका भएको १५ बर्षभन्दा बढी बिते पनि सरकारको चरम बेवास्तामा परेका दमौतीका बासिन्दा टेलिफोनमा मात्र होइन्, खानेपानी, सडक, बिजुलीको पनि अभाव खेपिरहेको खबर कारोबार दैनिकले छापेको छ । पर्याप्त पानी अभावमा कतिपय घरमा त शौचालय नै छैनन् ।
बिजुली पुगे पनि भोल्टेज पुग्दैन् । आधारभूत फोन छैन्, मोवाइलले काम गर्दैन । सडक छ, गाडी गुड्दैन । ‘यी सबै दुर्गति देख्दा त नगरपालिका नै होइन जस्तो लाग्छ’ स्थानीय देउबहादुर राई भन्छन् ‘सञ्चार सम्पर्कका लागि एक लाइन टेलिफोन पनि छैन् । मोवाइलमा कुार गर्न पनि कि अग्लो रुखमा जानुपर्छ कि त एक घण्टा हिडेर चुरेको चाँडामा पुग्नुपर्छ ।’

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......