नेपालसहितका देशहरुमा अहिले पनि छोरीलाई
विवाहमा दाइजो दिने चलन छ । दाइजो नल्याएकै कारण महिलामाथि हिंसाका घटना
बढेपछि दाइजो प्रथा अन्त्यका लागि नेपालमा अधिकारकर्मीहरुले अभियाननै
चलाएका छन् ।
चीनको फुनियान विवाह परम्परामा पनि जाइदो
दिने प्रचलन छ । त्यही प्रचलनलाई टेक्दै चीनका विजनेश टाइकुन वू रुईबाओने
आफ्नो छोरीलाई कीर्तिमानी दाइजो दिएका छन् । टायल व्यापारी वूले छोरीलाई १
सय मिलियर पाउण्ड अर्थात झण्डै १४ सय करोड दाइजो दिएका छन् । उनले सुन
मात्र चारबटा बाकसमा दिएका छन् भने २ विलासी कार, शेयर र सम्पत्ति पनि
दिएका छन् ।
यति मात्र हैन, छोरीको नाममा २० मिलियन
युआन अर्थात २८ करोडभन्दा बढी रपैयाँसहितको बैंक खाता खोलिदिएका छन् भने
कम्पनीको ५० लाख शेयर पनि नामसारी गरिदिएका छन् । दाइजो लिस्टमा
कुआंगजाउस्थित रिटेल स्टोर, ओलम्पिक भिलास र वान्डा हवेली पनि सामेल छन् ।
वूकी छोरीले आफ्नो बालापनका साथी जूसँग विवाह गरेकी छिन् । जू सरकारी
कर्मचारी हुन् । २८ डिसेम्बरबाट सुरु भएको विवाह समारोह ८ दिनसम्म चलेको
थियो । छोरीको वैवाहिक जीवनको सफलताको कामना गर्दै जूले साढे २१ करोड
रुपैयाँ दिएका छन् । छोरीलाई कीर्तिमानी जाइदो दिने वूको सम्पत्ति कति छ
भन्ने कुनै जानकारी सार्वजनिक भएको छैन । तर, उनको कम्पनीको रेकर्ड अनुसार
उनले गत वर्ष मात्र तलवका रुपमा १२ हजार पाउण्ड बुझेका छन् ।




