नाम्चेमा आगो लाग्यो, पानी जम्नाले निभाउन कठिनाई

भानुभक्त निरौला, सोलुखुम्बु, माघ १ - सोलुखुम्बुको पर्यटकीय स्थल नाम्चे बजारमा अहिले भिषण आगलागी भएको छ। नाम्चे बजारको बीच भागमा रहेको गाविस भवनबाट एक्कासी निस्किएको आगो नजिकका घरहरुमा फैलने क्रम जारी रहेको छ। नियन्त्रणका लागी नेपाली सेना, नेपाल प्रहरी, स्थानीय र पर्यटकहरुको प्रयास जारी छ। तर अत्याधिक चिसोको कारण पानी जमेकाले आगोलागी नियन्त्रणमा आउन नसकेको हो। आगो गाविस भवन संग जोडिएको नाम्चे होटल र सनराइज होटलमा पनि सल्किएको प्रहरीले जनाएको छ।

आगोलागी कुनै मानबिय क्षती भने भएको छैन। आगोलागी विद्युत् सर्टको कारण भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । एक अर्का घरहरु जोडिएको भएकाले आगो नियन्त्रणमा नआए अरु धेरै घरमा आगो लाग्ने छ। गाविसमा करिब डेढ घण्टा अघिवाट शुरुभएको आगोलागी अहिले सम्म नियन्त्रणमा आउन नसकेको र झन् फैलदो क्रममा रहेको स्थानीय केशर श्रेष्ठले बताए।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......