इलाममा बस दुर्घटना, तीनको मृत्यु

५ माघ, इलाम । इलाममा भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।
झापाको दमकवाट पाँचथरतर्फ जादै गरेको मे १ ख ३८६ नम्बरको बस शुक्रवार दिउँसो करिव १ बजेतिर इलामको बाँझोमा दुर्घटना हुँदा झापा
तोपगाछी-५ की अन्दाजी एक वर्षीया बालिका प्रकृति लिम्बुको घटनास्थलमै र बाँझो-४ की चण्डेश्वरी राई तथा विर्शना माया राईको उपचारका लागि लैजादै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घाइते ६ जनाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......