दमक ।
अवैध यौन कृयाकलापमा संलग्न चारजनालाई आज साँझ प्रहरीले झापा दमक ९ को ममता होटलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक पुरूष र तीन महिला रहेका छन् ।
होटलमा अवैध गतिविधि सञ्चालन भइरहेको सुचनाका आधारमा प्रहरीले छापा मार्दा मोरङको उर्लाबारी ९ का रोशन श्रेष्ठ, दमक १० की कमला राई, होटल सञ्चालिका दमक ९ की सीता थापा र दमक १५ की संगिता भण्डारी पक्राउ परेका हुन् ।
सो होटलमा अवैध यौनजन्य कृयाकलाप हुने जानकारीपछि छापा मारिएको प्रहरी नायव निरीक्षक गणेश भट्टराईले जानकारी दिए ।
उता पक्राउ परेकाहरूले भने होटलमा खाजा खान गएको समयमा प्रहरीले पक्राउ गरेको आरोप लगाएका छन् ।
यसअघि पनि दमकमा विभिन्न होटलमा दर्जनौंपटक प्रहरीले छापा मारी अवैध यौनधन्दामा संलग्नहरूलाई पक्राउ गरिसकेको छ ।