गाविस सचिवले एकल महिलाको भत्ता खाइदिए

काठमाडौ, माघ ६–बारा र पर्साका दुईजना गाउँ विकास समितिका सचिवले सामाजिक सुरक्षा र वाल संरक्षण भत्तामा अनियमितता गरेको फेला परेको छ ।
अनियमितता गर्ने गाविस सचिवलाई कारबाही अगाडि बढाइएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको जिम्मेवारी समेत पाएका उपप्रधानमन्त्री   नारायणकाजी श्रेष्ठ प्रकाशको निर्देशनमा बारा र पर्सा
पुगेको मन्त्रालयको टोलीले अनियमितता फेला पारेको हो । मन्त्रालयका सहप्रवक्ता प्रेमकुमार श्रेष्ठले अनियमितता फेला परेको र टोलीले आइतबार मन्त्रालयमा प्रतिवेदन बुझाउने बताउनुभयो ।

पर्साको बहुअरिपिडारी गाविस सचिव बिन्दाप्रसाद साहले ४६ जना एकल महिलाको एक लाख ६१ हजार रुपैयाँ किर्ते भरपाई बनाएर अनियमितता गरेको पाइएको छ । त्यस्तै बारामा पनि कचोर्वा, बिसुनपुर र टेडाकट्टीका सचिव महिन्द्राराउत कुर्मीले वाल संरक्षण र सामाजिक सुरक्षाको १७ लाख ६९ हजार २ सय रुपैयाँ अनियमितता गरेको फेला परेको छ ।
यसअघि बारा र पर्सासँगै सुनसरी, सप्तरी, सिरहा, धनुषा, भक्तपुर लगायत ठाउँका केही गाविस सचिवले पनि अनियमितता गरेको फेला परेपछि सरकारले कार्वाही प्रक्रिया थालेको थियो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......