विचित्र
संसार मार्फत हामीले यो दुनियाका अनौठा र विचित्र होटलहरुका बारेमा समाचार
सन्दर्भहरु प्रस्तुत गर्दै आएका छौँ । लिंगका मात्र परिकार पाइने होटल देखि
लिएर छिर्दैमा सनक चढ्ने होटलका बारेमा पनि तपाइँले पढिसक्नुभएको छ ।
पूर्वमन्त्रीको कण्डम रेष्टुरेन्ट देखि तरुनीको नांगो जिउमा खाना पस्किने
होटलको बारेमा पनि हामीले जानकारी दिइसकेका छौँ ।
विचित्र
होटल श्रृंखलाको यो अर्को भागमा हामीले फेरी यस्तै अनौठो होटलको बारेमा
जानकारी दिँदैछौँ । यद्यपि यो होटलमा चर्चा कमाउन कुनै त्यस्तो सेक्सको
फर्मूला प्रयोग गरिएको छैन । यो होटल त आधुनिकता र प्रविधिको एक अनुपम
उदाहरण हो ।
यसो कल्पना गर्नुहोस् त तपाइँ कुनै होटलमा
खाना खान जानुभएको छ । जब तपाइँलाई खाना अर्डर लिन आउने र अर्डर मुताविकको
खाना टक्राउन कुनै वेटर आउँदैन र रोबोटले खानाको अर्डर लिन्छ र खाना
टक्राउँछ भने तपाइँलाई पहिलोचोटी झसँग हुनुहुन्छ होला । सायद म सपनामा छु
की भन्ने लाग्छ होला र दोश्रो दुनियामा भएझैँ लाग्छ होला ।
तर रोबोटले खाना टक्राउने होटल खोज्न कुनै
दोश्रो दुनियामा जानु पर्दैन । हाम्रै छिमेकी देश चिनमा यस्तो होटल खुलेको
छ जहाँ रोबोट कर्मचारीहरु छन् । चीनको हार्बिनमा यस्तो होटेल खुलेको हो ।
उक्त होटेलमा रोबोटले पाहुनाहरुलाई सेवा गर्ने मात्र होइन मनोरञ्जन समेत
दिन्छन् । होटलमा काम गर्ने ती रोबोट एकपक चार्ज गरेपछि ५ घण्टासम्म लगातार
काम गर्न सक्छन् ।
होटेलको मुख्य ढोकामा एक रोबोट उभिएको
हुन्छ । उसको हातमा लेखिएको छ, सुकाइफाइ रेष्टुरेन्ट । यो अत्याधुनिक
सुकाइफाइ रेष्टुरेन्ट आजभोलि चीनमा निकै लोकप्रिय बनेको छ ।

