७ माघ, काठमाण्डौं । मुलुकबाट विदेशी
मुद्रा बाहिरिने क्रम दुई महिनामा ह्वात्तै बढेको छ । राष्ट्रबैंकको
भुक्तानी सन्तुलनसम्बन्धी विवरणको ‘विविध’ शीर्षकमा देखिने रकमको ऋणात्मक
प्रवाहले पुँजी पलायन देखाएको हो ।
राष्ट्र बैंकले विविध शीर्षक आउने र जाने
रकमको स्पष्ट वर्गीकरण नगर्दा कसरी कहाँ रकम गइरहेको छ भन्ने खुल्न सकेको
छैन् । मंसिरमा शीर्षक नखुलेको रकम जनाइने विविध शीर्षक ३८ करोड रुपैयाँले
ऋणात्मक छ ।
गत बर्ष सोही अवधिमा यो शीर्षक १५ अर्व ९४
करोड रुपैयाँ धनात्मक थियो । कात्तिकमा ५ करोड ८३ लाखले ऋणात्मक रहेकोमा
बढेर ३८ करोड पुगेको खबर कारोबार दैनिकले छापेको छ । यो प्रणालीमा देखिएको
रकम भए पनि अनौपचारिक रुपमा बाहिरिएको पुँजीको आँकडा ठूलो हुने अनुमान
अर्थशास्त्रीहरुको छ ।
