झापाको दमक १३ मा आज विहान झुण्डिएको अवस्थामा मृत फेला परेकी एक महिलाको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान शुरू गरेको छ ।
दमक १३, बसन्तटोलस्थित आफ्नै घरपछाडि रहेको चर्पीको पिलरको रडमा डोरीमा झुण्डिएर मृत्यु भएको अवस्था फेला परेकी ३४ बर्षीया लक्ष्मी संग्रौलाको मृत्यु सम्वन्धमा प्रहरीले अनुसन्धान शुरू गरेको बताएको हो ।
विहान ७ बजेतिर उनलाई झुण्डिएको अवस्थामा छिमेकीले देखेका थिए । मृतक संग्रौलाको हातमा तीन पन्ने सुसाइड नोट फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
सो सुसाइड नोटको अध्ययनपछि घटना शंकास्पद देखिएकोले यस सम्वन्धमा अनुसन्धान शुरु गरिएको इप्रका दमककी प्रहरी सहायक निरीक्षक गंगा राईले जानकारी दिइन् ।
मृतकको शवको आजै मेची अञ्चल अस्पताल, भद्रपुरमा पोष्टमर्टम गरी परिवारको जिम्मा लगाइएको छ ।