एमाओवादीबाट ३५ सय नेता-कार्यकर्ता वैद्य माओवादीमा प्रवेश गरेको दाबी


प्रकाश तिमल्सिना, काठमाडौं, पुस २४- एकीकृत माओवादीका ३५ सय नेता-कार्यकर्ता मोहन वैद्य नेतृत्‍वको नकेपा-माओवादीमा प्रवेश गरेको पार्टीले दाबी गरेको छ। एमाओवादी ताम्सलिङ र नेवाः रज्यका १६ जना राज्य समिति सदस्य र दुई सय जिल्ला समिति सदस्यले वैद्य माओवादीमा प्रवेश गरेको पार्टीले दाबी गरेको हो।


ताम्सलिङबाट संगम लिम्बु र नेवाःबाट दोर्जे लामाको नेतृत्वमा उनीहरुले वैद्य माओवादीमा प्रवेश गरेको हो। उनीहरुलाई पार्टी कार्यालय बुद्धनगरमा महासचिव रामबहादुर थापाले टीका लगाइ प्रवेश गराएङ्का थिए। प्रवेश पाउने अधिकांश नेता-कार्यकर्ता मजदुर नेता भएको बताइएको छ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......