
मेरो चोली यति राम्रो छ, झन भित्र के
होला ‘, चलचित्र ‘स्टार’ मा समावेश एक आइटम गीतमा प्रयोग गरिएको शब्द हो यो
। यो गीतमा नायिका सुमिना घिमिरेले उत्तेजक नृत्य गरेकी छिन् । गीतमा शिव
बिकेले नृत्य निर्देशन गरेका छन् ।महेन्द्र
बूढाथोकीको निर्देशनमा तयार भएको यो चलचित्र चैत्र २३ गतेबाट देशभरका हलमा
प्रदर्शनमा आउँदैछ ।
चलचित्रको कार्यकारी निर्माता सञ्चारकर्मी लक्ष्मण
सुवेदी रहेका छन् । चलचित्रमा सुमिना घिमिरे, निरज बराल, श्याम घिमिरे,
गणेश उप्रेती, रमेश बुढाथोकी लगायतका कलाकारको अभिनय छ ।


एउटा
सामान्य युवती कसरी सिनेमाको स्टार हुन्छे भन्ने विषयलाई उठान गरिएको
चलचित्रको आइटम गीतको शब्दले ‘चोली के पिछे क्या ह’े बोलको एक हिन्दी गीतको
सञ्झना गराउँछ ।