साइबेरीया, युरोप तथा चीनतिरबाट नेपाल आउने यो दुर्लभ चरा सीमसार
क्षेत्रमा बस्ने गरेको पंक्षी भएको विज्ञहरुको भनाइ छ। उत्तरतिरबाट चिसो
छल्न नेपाल आउने यो चरा नेपालमा असोजदेखि चैत्रसम्म बस्ने गर्दछ। हाल यो
चरा दाङको पूर्वी भेगमा रहेको चरिङ्गे दहमा फेला परेको छ। पर्यावरणीय दिगो
विकास एवं अनुसन्धान केन्द्र दाङले थालेको जिल्लाको जैविक विविधता अध्ययनका
क्रममा यो चरा फेला परेको हो। केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले
जानकारी दिए। उनकाअनुसार अहिले त्यहाँ ७, ८ वटाको संख्यामा चरा देखा परेको
छ।
समुन्द्र सतहबाट ७ सय ८० मिटरको उचाइमा अवस्थित चरङ्गे दहमा नेपाल सरकारद्वारा संरक्षित पंक्षीमा सूचिकृत कालो गरुड देखिएको हो । उक्त सिमसार क्षेत्र बसाई सरी आउने चरा र अन्य वन्यजन्तुको लागि उपयुक्त भएको नेपालपंक्षी संरक्षण संघका जिवविज्ञ कृष्णप्रसाद भुसालले जानकारी दिए। पंक्षी संरक्षण संघ र केन्द्रको टोलीले सो क्षेत्रको अवलोकन गरी सो चरा कालो गरुड नै भएको प्रमाणित गरेको छ। नेपाल सरकारले कालो गरुड सहित सेतो गरुड, खर मजुर, सानो खरमजुर, सारस, चिर, मुनाल, डाँफे र ठूलो धनेसलाई संरक्षित चरा घोषणा गरेको छ।