काठमाडौं, माघ १४- एकीकृत माओवादीले विपक्षी दलहरू सहमतिमा आए अझै पनि जेठको दोस्रो सातासम्म संविधान सभाको निर्वाचन गर्न सकिने बताएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित प्रवक्ता-सञ्चारकर्मी नियमित भेटघाटमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले विपक्षीहरू सहमतिका लागि तयार भए जेठको पहिलो वा दोस्रो सातासम्म निर्वाचन गर्न सकिने सम्भावना अझै रहेको बताए।
'निर्वाचनका लागि स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्न एमाओवादी तयार छ, विपक्षी दलहरू सहमतिका लागि तयार हुनुपर्छ'- प्रवक्ता सापकोटाले भने।
कस्तो व्यक्तिलाई स्वतन्त्र भन्ने प्रसङ्ग चलिरहेको सन्दर्भमा उहाँले जनआन्दोलन २०६२/०६३ मा सक्रिय सहभागी भएका, कुनै पनि राजनीतिक दलको सदस्यता नलिएका, गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षतालगायतका परिवर्तनकामी एजेन्डाका पक्षपाती रहेका जोकोही पनि त्यसमा अटाउन सक्ने बताए।
स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्दा राजनीतिक दलहरू असफल भएको सन्देश जाँदैन र भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रवक्ता सापकोटाले भने- 'निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरूकै सिफारिसमा प्रधानमन्त्री बन्ने भएकाले राजनीतिक दलहरू असफल भएको नमानिने र उनीहरूकै सहमति र सहकार्यमा सरकार चल्ने अवस्था आउँछ।'
आफ्नो पार्टीको महाधिवेशन भाँड्न नेपाली कांग्रेस र नेकपा (एमाले)ले विभिन्न जिल्लामा अवरोध गरेको, ढुङ्गामुढा गरेको, रूख ढालेर बाटो अवरोध गरेको बताउँदै यस्ता घटनाले उनीहरूको लोकतन्त्रवादको असली अनुहार जनताका सामु देखिएको समेत उनले बताए।
विपक्षी दलको व्यवहार फाँसीवादी चरित्रतर्फ उन्मुख भएको आरोप लगाउँदै प्रवक्ता सापकोटाले उनीहरूले यस्ते चरित्र देखाउँदै गए एमाओवादीले पनि आफ्नो शक्ति प्रर्दशन गर्ने बताए।
'हाम्रो धैर्यको बाँध टुट्ने स्थितिमा पुगको छ, अझै पनि विपक्षी दलले चेतेनन् भन्ो युद्धबाट आएको पार्टीले कसलाई के गर्नुपर्छ भन्ने जानेको छ'- विपक्षी दलप्रति आक्रोश व्यक्त गर्दै प्रवक्ता सापकोटाले भने।
विपक्षी दलले दैलेखमा महाधिवेशन भाँड्न खोजेको, दोलखामा झडप निम्त्याएको चर्चा गर्दै एमाओवादी प्रवक्ता सापकोटाले शनिबारै पनि भक्तपुरमा सवारी आवागमन बन्द गरेर कानुनी राज्य र लोकतन्त्रको खिल्ली उडाएको बताए। मानवअधिकारको नाममा डलरको खेती नगर्न र शान्ति प्रक्रियालाई धरापमा नपार्न समेत उनले आग्रह गरे। रासस