उपेन्द्र यादव, बारा, माघ १४- युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले प्रधानमन्त्री बाबुराम भट्टाराईले मुस्ताङ चढेर बाहिरी देखावा गरे पनि पार्टीको काममा मात्रै सरकारी ढुकुटीबाट हेलिकप्टरमा करोडौं सकाएको आरोप लगाएका छन्।
युवा संघ बाराको आठौं जिल्ला अधिवेशनको अद्घाटन सत्रमा बोल्दै बस्नेतले आफू इमानदार भएको बताए पनि श्रीमती हिसिला यमिमार्फत् अर्बौ रुपैया विभिन्न योजनाबाट कमिसन उठाउने गरेको बताए।
उनले लडाकुको नाममा अर्बौ रुपियाँ एमाओवादीले भ्रष्टाचार गरे पनि अख्तियारले समेत कारबाही नगरेकाले अख्तियार पनि भ्रष्टाचारीको संरक्षक बनेको आरोप लगाए।
माओवादीलाई जंगलबाट सत्तासम्म पुरयाउने एमाले र कांग्रेसलाई धोखा दिने एमाओवादी कसैको हुन नसकिने उनले बताए। उनले राजाजस्तै एमाओवादीलाई फाल्न युवा संघ तयार रहेको चेतावनीसमेत दिए।