आयल निगमका पूर्व महाप्रवन्धक शर्मा भ्रष्टाचारी ठहर

 एक वर्ष कैद सजाय

२५ पुस, काठमाडौं । सर्वोच्च अदालतले विषेश अदालतको फैसला उल्टाउँदै नेपाल आयल निगमका पूर्व महाप्रवन्धक युवराज शर्मालाई भ्रष्टाचारी ठहर गरेको छ ।
प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले शमालाई भ्रष्टाचारी ठहर गर्दै एक वर्ष कैद र ५३ लाख ९९ हजार ७ सय ८० विगो तथा त्यति नै जरिवाना गर्ने फैसला सुनाएको छ ।

३६ सालदेखि कमाएको १ करोड ८ लाख ७२ हजार ९ सय ९० सम्पत्ति मध्ये ५४ लाख ७३ हजार २ सय १० को मात्र श्रोत खेलेको भन्दै अदालतले ५३ लाख ९९ हजार ७ सय ८० भ्रष्टाचार भएको ठहर गरेको हो ।
विशेष अदालतले भने करिव तीन लाखको मात्र सम्पत्तिको श्रोत नखुलेकाले त्यसलाई भ्रष्टाचार भन्न नमिल्ने भन्दै शर्मालाई सफाई दिएको थियो ।
शर्मा २०५५ देखि ५७ सम्म आयल निगमका महाप्रवन्धक हुनुहुन्थ्यो । शर्माले १ करोड ४५ लाख भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्धा हालेको थियो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......