इराकमा पनि नेपाली कामदार पठाउने पहल सुरु

२१ पुस, काठमाण्डौं । लामो गृहयुद्धपछि विकास प्रक्रियामा अघि बढेका इराक र अफगानिस्तानमा रहेका अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीबाट नेपाली कामदारको माग बढ्न थालेपछि सरकारले ती मुलुकमा कामदार पठाउने पक्रिया अघि बढाउने भएको छ ।


सन् २००५ को अगस्तमा इराकमा काम गर्न जानेक्रममा अलकायदा समूहले त्यहाँ पुगेका १२ नेपालीको बर्बर हत्या गरेपछि सरकारले इराक प्रवेशमा रोक लगाएको थियो । त्यस्तै अफगानिस्तान पनि युद्धरत मुलुक रहेको भन्दै सरकारले कामदार जान प्रतिबन्ध लगाएको थियो । तर ती मुलुकमा सुरक्षा अवस्थामा सुधार आएपछि अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरु आउन थालेकाले नेपाली कामदारको माग बढेको निष्कर्ष सरकारले निकालेको खबर अन्नपूर्ण पोष्टले छापेको छ ।

इराक र अफगानिस्तानमा पूर्वाधार निर्माणदेखि ठूलाठूला आयोजनाहरुसमेत बनाउनुपर्ने अवस्था छ । खासगरी प्राविधिकहरुको माग धेरै हुने भएकाले त्यसलाई संस्थागत गरेर प्याकेजमै निर्णय लिने तयारी भएको परराष्ट्र उच्च स्रोतले जनाएको छ ।

इराकमा सामान्य कामदारदेखि सिभिल, आर्किटेक, इलेक्टि्रकल तथा कम्प्युटर इन्जिनियरको माग आउन थालेपछि सरकारले त्यहाँको अवस्था बुझ्न टोली नै पठाउने निणय समेत गरेको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......