उपेन्द्र यादव, बारा, माघ ३ - पूर्व भौतिक योजना तथा निर्माण सहायक मन्त्री
तथा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) की नेतृ कलावती पासवानलाई उनकै
तत्कालीन निजी सचिव दिपलाल हजराले विभिन्न व्यक्तिलाई जागिर लगाई दिने
नाउँमा आफूबाट रकम असुली गराई रकम फिर्ता नगरेको भन्दै जिल्ला प्रशासन
कार्यालय बारामा बुधबार ठगी मुद्दामा उजुरी दिएका छन्।
सहायक मन्त्री पासवानले प्रहरी र खानेपानी संस्थानमा जागिर लगाई दिन्छु भन्दै विभिन्न व्यक्तिबाट २५ लाख असुल गराए पनि अहिले त्यो रकम दिन इन्कार गरेकीले सोको छानबिन गरी कारवाहीसहित लिएको व्यक्तिको रकम फिर्ता गराई दिन प्रजिअ कृष्णहरि पुष्करलाई हजराले आग्रह गरेका हुन्।
बाराका प्रमुख जिल्ला अधिकारी कृष्णहरि पुष्करले पूर्व सहायक मन्त्री कलावती पासवानले ठगेको आरोपमा उजुरी परेको र त्यसको बारेमा छानबिन गरेपछि मात्रै केही भन्न सकिने बताए।
पूर्व सहायक मन्त्री पासवानले चजे दिपलाल हजरा मेरो चिनजानको व्यक्ति नभएको र अरुको कुरामा लागेर आफूलाई बदनाम गर्नको लागि उजुरी गरेको हुन सक्ने बताइन्।