माछाको लोभामा झण्डै ज्यान गयो

दाङ, २१ पुस । दाङको देउखुरीस्थित ‘सानो नदी’मा माछा मार्न जिलेटिन पड्काउन खोज्दा तीन जना घाईते भएका छन् ।
विहीवार जिलेटिन पड्केर सिहिनिया–१ का ३५ बर्षीय पर्शुराम चौधरी, १७ बर्षीय खनखन चौधरी र ३५ बर्षीय बेदुराम चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।
सिसहनिया–८ स्थित ‘सानो नदी’मा जिलेटिन पड्किँदा पर्शुरामको दाँया हातको हतकेला छुट्टिएको छ । खनखनको पेटमा र बेदुरामको खुट्टामा सामान्य चोट लागेको छ । उनीहरुको राप्ती उपक्षेत्रीय अस्पताल घोराही उपचार भईरहेको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......