एमाओवादी झापा जिल्ला सम्मेलनका लागि तयारी समिति

झापा,माघ १३- 
एनेकपा माओवादी झापा जिल्ला सम्मेलनको लागि मुल ब्यवस्थापन सहित विभिन्न सात उप-समिति गठन भएको छ । जिल्ला सम्मेलन आयोजक समिति कार्यालय सदस्य गगन पुरीको संयोजकत्वमा ९ सदस्यीय मुल ब्यवस्थापन समिति तयार भएको हो ।
त्यसैगरी उपसमितिहरुमा कार्यक्रम स्थल निर्माणका संयोजकमा नवराज ढकाल, मेस ब्यवस्थापनका संयोजकमा लक्ष्मण वस्नेत, स्वास्थ्य तथा सफाई संयोजकमा हेम झापाली, आन्तरिक ब्यवस्थापनको संयोजकमा अग्नि दाहाल, अनुशासन समितिमा हंश राजवंशी र जनसम्पर्क संयोजकमा जगन्नाथ वशिष्ठ रहेका छन् । आवश्यक अन्य उपसमितिहरु भने चाँडै गठन गरिने जनसम्पर्क उपसंयोजक वशिष्ठले जनाएका छन् ।



माघको १५ र १६ गते चल्ने प्रथम जिल्ला सम्मेलनका लागि तयारी तीब्र पारिएको मुल ब्यवस्थापन समितिका संयोजक गगन पुरीले बताए । जनसम्पर्क संयोजक वशिष्ठका अनुसार राज्य कमिटीका १ सय २६, जिल्ला कमिटीका २ सय ५७ क्षेत्रिय कमिटीका ५ सय ५३ र पार्टी सदस्यबाट ३ सय ८१ गरी जम्मा १ हजार ३ सय १७ जना सम्मेलनको बन्दसत्रमा सहभागि हुनेछन् ।
झापाको सदरमुकाम चन्द्रगढीस्थित कलबलगढीमा हुने सम्मेलनले जिल्लाबाट महाधिवेसन प्रतिनिधिका लागि ३ दर्जन संख्यामा प्रतिनिधि चयन गर्ने सम्मेलन आयोजकले जनाएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......