५ माघ,
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अध्यागमनमा सर्वस्व लुटिएकी
भोजपुरकी युवतीलाई नक्कली पासपोर्टमा विदेश पठाउने पक्राउ परेका छन् ।
अर्कैको पासपोर्टमा उनको फोटो टाँसेर
पठाउने डि्रम्स अनलिमिटेड एण्ड कम्पनीका सञ्चालक सुजन भनिने श्याम
आचार्यलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले पक्राउ
गरेको हो । उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर हनुमानढोका
पठाइएको व्यूरोले जनाएइको छ ।
घरेलु कामदारका रुपमा साउदी अरव गएर
फर्किएकी राईलाई अध्यागनका कर्मचारीले पैसा लुटेका थिए हबल्दार परशुराम
बस्नेतले एक होटलमा लगेर बलात्कार गरेका थिए ।

