प्रचण्डले भने-मोहन बैद्य ‘मिनी मोहन विक्रम’

९ माघ, सिन्धुली । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट छुटि्टएर गएका मोहन बैद्य किरणलाई मिनी मोहन विक्रमको संज्ञा समेत दिनु भएको छ ।

एमाओवादी सिन्धुलीको एकताको चौथो अधिवेशनलाई मंगलबार सदरमुकाममा सम्वोधन गर्दै प्रचण्डले नेकपा-माओवादीका अध्यक्ष वैद्य र मसालका महामन्त्री मोहन बिक्रम सिंहलाई एकै दर्जामा राख्नुभयो । उहाँले वोल्ने मात्रै तर, काम नगर्नेहरुको मुलुकमा कुनै
औचित्य नभएको बताउनु भयो ।
माघ २० गतेबाट सुरु हुने महाधिवेशनपछि एमाओवादी नयाँ विचार र योजनाका साथ जनताका सामु उपस्थित हुने भन्दै प्रचण्डले क्रान्तिले ढिलो चाँडो परिवर्तन ल्याएरै छाड्ने बताउनु भयो ।
यसअघि ताप्लेजुङ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रियावादी तथा प्रतिगामीहरुले एमाओवादीलाई चौतर्फी घेराबन्दीमा पार्ने र सिध्याउने षड्यन्त्र गरेको बताउनु भएको थियो । आˆनो पार्टीको नेतृत्वमा सरकार भइरहेको बेला बेलायतमा नेपाली सेनाको अधिकृतलाई पक्राउ गर्नु र दैलेखमा डेकेन्द्रराज थापा घटनाका आरोपीलाई पक्राउ गर्नु उसको सुरुवात भएको उहाँको भनाई थियो । ‘द्वन्द्वकालको घटनालाई लिएर शान्ति सम्झौता भाँडि्न खोजिँदैछ, माओवादीलाई सिध्याउन यसो गरिँदैछ तर, नाङ्लो ठटाउँदैमा हात्ती तर्सिँदैन ।’ प्रचण्डले भन्नुभयो ।
प्रचण्ड नै अध्यक्ष हुन्छन्ः बाबुराम
सभामा एमाओवादी उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको महाधिवेशनले प्रचण्डलाई नै अध्यक्ष बनाउने बताउनु भयो । निर्वाचन नभएसम्म सरकार परिवर्तन सम्भव नभएको भन्दै उहाँले आगामी जेठ १५ गते नयाँ निर्वाचन गराउन सरकार लागि परेको उल्लेख गर्नुभयो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......