अंग्रेजी नयाँ बर्षको स्वागत गर्दै धरानका
तन्नेरीहरु डान्स पार्टिमा रमाएका छन् । धरानको एक होटलमा आयोजना गरिएको
डान्स पार्टिमा युवायुवती मध्यरात सम्म नाचेका थिए । रात छिप्पिदै गएपछि
डान्स पार्टिमा रमाउनेहरुको जोश बढ्दै गएको देखिन्थ्यो । पार्टीमा
पुगेका जोडीहरुलाई नचाउन डीजे लाक्पाले हिन्दी र अंग्रेजी गितहरु बजाएका
थिए । पार्टिमा गायिका आस्था बि समेत पुगेकी थिइन् । उनले गीत गाउन थालेपछि
उपस्थित युवायुवतीहरु झनै उत्साहित भएका थिए । द ईन्सपायर धरानको आयोजनामा
भएको डान्स पार्टी बिहानको दुई बजेसम्म चल्यो ।
नयाँ बर्षकै अवसरमा मंगलबारपनि धरानको ब्रिटिस कम्युनिटी हल र कञ्जनजंगा होटलमा डान्सपार्टी आयोजना गरिएको छ ।
