दुबइमा ‘आगो सहेर’

फुर्वा शेर्पा प्रोडक्शनले निर्माण गरेको ‘आगो सहेर’ बोलको गीतको भिडियो बजारमा आएको छ । दुबइका विभिन्न रमणिय स्थानमा छायांकन गरिएको भिडियोमा सागर प्रधानले क्यामेराको जादु चलाएका छन् । शिव परियारको आवाजमा समावेश यो गीतमा बसन्त मोहन
अधिकारीको शब्द छ । सोनम तामाङको संगीतमा तयार भएको यो गीत ‘फुलको धारले’ एल्बममा समावेश गरिएको छ ।भिडियोमा विकास र सन्तोषीले अभिनय गरेका छन् । पछिल्लो समय भिडियोमा नयाँ नयाँ लोकेशनको खोजी गर्दै निर्माणकर्ताहरु विभिन्न देशमा पुग्ने गरेका छन् । यही क्रममा फुर्वा शेर्पाले दुबईका विभिन्न स्थानमा भिडियोको छायांकन गरेका हो।
http://e.onlinekhabar.com/wp-content/uploads/2013/01/dubai-ma-video-phurba.jpg 



तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......