आउँदैछ एल जी को ५५ इन्चको ओएलइडी टेलिभिजन

दक्षिण कोरियाली कम्पनी एल जी ले ५५ इन्चको टेलिभिजन बजारमा ल्याउने भएको छ । अत्याधुनिक ओएलइडी अर्थात् अर्गानिक लाइट इमिटिङ डायोड स्त्रिmन भएको यो टेलिभिजन फेब्रुअरी महिनामा बजारमा ल्याउने तयारी एलजीको रहेको छ । आफ्नो प्रतिस्पर्धी कम्पनी सामसुङलाई टक्कर दिने गरी एल जी ले यो अत्याधुनिक टेलिभिजनको अर्डर लिन सुरु गरिसकेको छ ।


एल जी र सामसुङ दुबैले एक वर्ष अघि नै ५५ इन्चको ओलइडी टिभीको मोडेल सार्वजनिक गरिसकेका भएपनि अहिलेसम्म दुबैले त्यसलाई बजारमा ल्याउन सकेका छैनन् । बजारमा रहेका आधुनिक एलसिडी स्त्रिmनका टेलिभिजन भन्दा नयाा पुस्ताको ओएलइडी टिभी एलसिडी टिभी भन्दा ५ गुणा महंगो समेत हुनेछ ।

ओएलइडी प्रविधि विद्युतिय प्रविधिको भविष्य मानिएको छ, जसले टेलिभिजन, कम्प्युटर, ट्याब्लेट तथा स्मार्टफोन प्रयोगकर्तालाई नयाा अनुभव दिलाउने विश्वास लिइएको छ । ओएलइडी प्रविधिका विद्युतिय उपकरण उर्जामैत्री हुने र कम उर्जा खपत गर्ने बताइएको छ ।

विश्वको दोश्रो ठूलो टिभी निर्माता एल जी ले फेब्रुअरीको पहिलो हप्तादेखि नै यो ५५ इन्चको ओएलइडी टिभी दक्षिण कोरियाली उपभोक्ताको लागि उपलब्ध हुने र यो वर्षको पहिलो त्रैमासिक भित्रमा अमेरिका, युरोप तथा एसियाका अरु बजारमा उपलब्ध हुने बताइएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......