पछिल्लो २४ घण्टामा १२ को मृत्यु

जितेन्द्रकुमार झा, राजविराज, पुस २५- सितलहर तथा चिसोका कारण सप्तरीको ग्रामिण भेगको जनजिवन दिनप्रतिदिन कष्टकर बन्दै गएको छ। अभाव र विपन्नका कारण ग्रामिण भेगमा वसोवास गर्ने दलित तथा विपन्न वर्ग अत्यन्तै कष्टकर जीवन विताउन बाध्य छन्। सोमबार राति र मंगलबार बिहान गरी १२ जना दलित तथा विपन्नहरुको मृत्यु भएको छ। उनीहरुको आफ्न्तजनका अनुसार अत्यधिक चिसो तथा शितलहरका कारण सवैको मृत्यु भएको हो।
पछिल्लो पटक मंगलबार बिहान सप्तरीको परसवन्नी गाविसस्तिथ गणपति इँटा उद्योगमा कार्यरत कामदार ५० वर्षीय टीकाराम चौधरीको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी गोविन्द अधिकारीले बताए। चौधरी कैलाली जिल्लाको बभनियाँ गाविस-८ का वासिन्दा हुन्।
यसैगरी सोमवार राति मृत्यु भएकाहरुमा सप्तरीको १ नम्वर योगिनियाँ वडा नम्वर १ का छुतहरु महतो, धनगढि-१ का सुखदेव मण्डल, कोइलाडी-२ की भुखनी देवी मण्डल, मधवापुर-१ का रधिया सदा, पिप्रापुर्व-९ का भोला खंग, बनौली-८ का कारी राम, सोहि गाविस वडा नम्वर २ की छपकि देवी राम, कल्याणपुर-३ की खिखरी सदा, दौलतपुर-३ का रामेश्व्र मण्डल, सोही वडाका सुखि राम, रुपनगर-७ का पुलकित सरदार र बैरबा-१ रौधि यादव छन्।
यस सँगै सप्तरीमा मृत्यु हुनेहरुको संख्या २२ जना पुगेको छ।(विस्तृत विवरण चार्टमा हेर्नुहोस) मृत्यु हुनेहरुमा प्रायः जसो विपन्न दलितहरुनै रहेका छन्। 'अहिले सम्म चिसोका कारणले मृत्यु भएको भन्दै २३ जनाको आफ्न्त जन प्रहरीको सम्पर्कमा आएको छ', डीएसपी अधिकारीले भने, 'यी सबै चिसोकै कारण मरेको हो कि होइन भन्नेबारे आफूहरु अनुसन्धान गरिरहेका छौं।' यद्यपी मर्नेहरु प्रायः विपन्न दलितहरु भएका कारण चिसोकै कारण उनीहरुको मृत्यु हुने सक्ने उनको भनाई छ।
चाहिने जति लत्ताकपडाको अभावका कारण कठ्याग्रीएर मृत्यु हुँदा समेत समबन्धित निकाय मौन वसेको दलित अगुवाहरुको गुनासो छ। गरिबीका कारण न्यानो लुगा तथा अन्य साधनहरुको अभावले गर्दा विपन्न दलितहरु मरिरहँदा समेत स्थानिय प्रशासनले ध्यान नपुर्‍याएको दलितका अगुवाहरुको आरोप छ। आफुहरुले पटक पटक आग्रह गर्दा पनि प्रशासनले बेवास्ता गरेको दलित नेता राजकिशोर खंगले बताए। 'अभावका कारण अति विपन्न मानिने डोम, मुसहर, चमार, दुसाध लगायतका जातजातिकाहरुलाई यो शितलहर निकै कष्टकर बनेको छ', खंगले भने, 'अभाव र चेतनाको अभावका कारण अनाहतमा दलितहरु ज्यान गुमाई रहँदा समेत प्रशासन मौन वस्नु अत्यन्त दुखद हो।'
'उनीहरुसँग ना त पर्याप्त लत्ताकपडा नै हुन्छ, ना शितलहर रोक्न सक्ने उपयुक्त अन्य साधन नै, उनीहरुका लागि राहत तथा बचावका कार्यक्रमहरु समेत कसैले सञ्चालन गर्न सकेको छैन', खंगले थपे। सदरमुकाम क्षेत्रमा विभिन्न संघ संस्थाहरुले दाउरा बाल्नेदेखि लिएर न्यानो लुगाहरु समेत वितरण गरीरहेको भए पनि ग्रामिण क्षेत्रमा बसोवास गर्ने विपन्न दलितहरु उपर कसैको पनि ध्यान पुग्न नसकेको उनको गुनासो छ।
सोमबार राति सप्तरीको तापक्रम ५ डिग्री सेल्सीयस भन्दा पनि तल झरेको थियो। रातभर चलेको चिसो हवाका कारण झन तापक्रम तल गएको जानकारहरुले वताएका छन्। खासगरी कोसी नदीको छेउमा रहेका कारण सप्तरी झन चिसो तथा सितलहरले प्रभावित भएको हो। शितलहरका कारण बजार तथा सरकारी अड्डाहरुमा सेवाग्राहिहरुको न्यून उपस्थिती देखिन्छ। सदरमुकाम क्षेत्रमा व्यापारी तथा सर्वसाधारणहरु दिनभर जसो आगो ताप्दै विताउने गरेको सप्तरी उद्योग वाणिज्य संघका महासचिव सुरेशकुमार सिंहले वताए। यता चिसो तथा शितलहरका कारण जिल्ला भरीका नीजि तथा सामुदायीक विद्यालयहरु पुस २९ सम्मको लागि बन्द गरिएको छ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......