भनिन्छ जिउ बुढो भएपनि मन बुढो हुँदैन । यो भनाइलाई पुष्टि
गरेका छन् एक जना अमेरिकी वृद्धले । ८६ वर्षको उमेरमा २६ वर्षे तरुनीसँग
बिहे गर्ने ती अमेरिकी चानचुने व्यक्ति होइनन् । उनी प्रसिद्ध ग्लामर
म्यागेजिन प्लेब्वाय जसले सुन्दरीहरुलाई नंग्याउने गर्छ त्यसैका संस्थापक
हुन् । हो, प्लेब्वाय पत्रिकाका संस्थापक हग हेफनरले हालैआफ्नी गर्लफ्रेन्ड क्रिस्टल ह्यारिससँग बिहे गरेका छन् ।डाँडापारीको जून भैसकेका हेफनरले ह्यारिसलाई बिहे गरेसँगै नयाँ वर्षको पार्टीमा सँगै सहभागी भए । यसअघि दुइ पटक बिहे गरिसकेका हेफनरका दुइवटै बिहे असफल बने । ह्यारिस र हेफनरबीच सन् २०११ मै बिहे हुने भनिएको थियो । तर एकाएक ह्यारिसले धोका दिएपछि बिहे हुन सकेन । तर पछि फेरी हजुरबुवा-नातिनी उमेरका यी दुइबीच पिरती गाँसिन पुग्यो र अन्ततः बिहे भइछाड्यो


