१४ माघ काठमाडौं । थाइल्याण्डमा जारी एसीसी महिला च्याम्पियनसिप क्रिकेटमा नेपालले मलेशियालाई ७ विकेटले पराजित गरेको छ । जितसँगै ३ खेलबाट ६ अंकका साथ समूह ए को शीर्ष स्थानमा रहेको नेपाल सेमिफाइनल नजिक पुगेको छ । समूह चरणको अन्तिम खेलमा अब नेपालले भोलि हङकङसँग खेल्नेछ ।
मलेशियालले प्रस्तुत गरेको ६६ रनको लक्ष्य नेपालले ११ दशमलव ३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा मधु थापाले सर्वाधिक १६ रन बनाइन् । सीता मगर र नेरी थापाले समान १०/१० रन जोड्दा सरीता मगरले ९ रनको योगदान दिइन् । रोशनी बोहोरा भने १ रनमा पभेलियन फर्किइन् ।
यसअघि च्याङमाई रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको मलेसियाले निर्धारित २५ ओभरमा ८ विकेट गुमाए ६५ रन बनायो । उसका लागि इमाइलिया रहिमले २१ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
मलेशियालाई सस्तैमा समेट्ने क्रमाम नेपाली कप्तान रुबिना क्षेत्रीले ५ ओभरमा ११ रन दिएर २ तथा सरिता मगरले १४ रन दिएर २ विकेट लिएका छन् भने करुणा भण्डारी र निरा राजोपाध्यायले १/१ विकेट लिएका छन् ।